लुम्बिनीमा बजेट अधिवेशन आज, मुख्यमन्त्री पोखरेलको राजीनामा माग्ने विपक्षीको तयारी
  • CIA Khabar

  • वुटवल । लुम्बिनी प्रदेशको प्रदेशसभाको बजेट अधिवेशन आज शुरु हुँदैछ ।

    आजको बैठक दिउँसो १ बजेका लागि बोलाईएको छ । बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउने र दलका तर्फबाट शुभकामना मन्तव्य राख्ने कार्यसूची तय भएको प्रदेश सभा सचिवालयले जानकारी दिएको छ ।

    आजको बैठक शुरू भएपछि सत्ता बाहिर रहेका नेपाली कांग्रेस , माओबादी केन्द्र, जसपा र जनमोर्चाले मुख्यमन्त्री शंकर पोखरेलको राजीनामा माग्ने तयारी गरेका छन् ।

    बहुमतको अवस्थामा नहुँदा पनि नेकपाका नेता पोखरेललाई प्रदेश प्रमुखले नियुक्ती गरेको भन्दै विपक्षीदलले यसको बिरोध गर्दै राजीनामा माग्ने बताएका छन् ।

    गएको बैशाख ६ गते विपक्षी ४ दलले अविश्वासको प्रस्ताव प्रदेशसभमा दर्ता गरेका थिए । तर मुख्यमन्त्री पोखरेलले बैशाख १९ गते बोलाइएको संसद बैठक बस्न नपाउदै पदबाट राजीनामा दिएका थिए ।

    सोही दिन पोखरेलले बहुमत पुर्‍याएको दाबी गर्दै प्रदेश प्रमुखले मुख्यमन्त्रीमा नियुक्ती गरेका थिए । दोस्रो पटक अविश्वासको प्रस्ताव दर्ता भए पनि प्रदेश प्रमुखले त्यसको औचित्य नभएको पत्रमार्फत प्रदेशसभालाई जानकारी गराएका थिए ।

    लुम्बिनी प्रदेश सभामा एमालेका ३८, कांग्रेसका १९, माओवादीका १९ (सभामुखसहित), अल्पकालीन आदेशबाट सांसद् पद पाएका ४ जनासहित जसपाका ६ र राष्ट्रिय जनमोर्चामा एक सांसद छन् ।

  • १९ जेष्ठ २०७८, बुधबार ११:२३ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images