असंवैधानिक सरकारले जस्केलाबाट बजेट ल्याएर चुरे तहसनहस पार्न खोज्यो, :कांग्रेस नेता गगन थापा
  • CIA Khabar

  • नेपाली कांग्रेसका नेता गगन थापाले संसद नभएको बेला सरकारले अवैधानिक तबरले जस्केलाबाट बजेट ल्याएको टिप्पणी गरेका छन् ।

    उक्त बजेटमा ढुङ्गा, गिट्टी निकासी गरेर व्यापारघाटा न्यूनीकरण कर्ने कार्यक्रम घुसाएर सरकारले आफ्नो असली अनुहार देखाएको थापाको टिप्पणी छ ।

    ‘संसद् नभएको बेला असंवैधानिक सरकारले अवैधानिक तवरले जस्केलाबाट ल्याएको बजेटमा ‘नेपालको ढुङ्गा, गिट्टी, बालुवा निकासी गरेर व्यापारघाटा न्यूनीकरण गर्ने’ कार्यक्रम घुसाएर सरकारले आफ्नो असली अनुहार र घटिया सोच उजागर गरेको छ,’ थापाले ट्विटमा भनेका छन्, ‘वातावरण र चुरे संरक्षणमा सरकार कति असंवेदनशील छ प्रस्ट भएको छ ।’

    सरकारको यो कार्य नीतिगत भ्रष्टाचार भएको उल्लेख गर्दै थापाले आफ्ना यार पोस्न सरकार कतिसम्म गिर्छ भन्ने स्पष्ट भएको टिप्पणी गरेका छन् ।

    ‘यो ‘नीतिगत भ्रष्टाचार हो’ । आफ्ना ‘यार’लाई पोस्न सरकार कुन हदसम्म गिर्छ भन्ने कुरा पुन:छर्लङ्ग भएको छ,’ थापाले लेखेका छन्, ‘चुरेक्षेत्र तहसनहस पारेर तराईलाई मरभूमीकरण गर्न उद्यत यस्ता प्रयत्नलाई विगतमा संसदीय समितिमा हुँदा पनि पटकपटक रोकेको हो । यस पटक पनि सरकारको यो निर्णय रोकेरै छाड्नेछौँ ।’

    सरकारको यो कार्यक्रमको आफूहरूले विरोध गर्ने उल्लेख गर्दै थापाले आमजनता, सञ्चार जगत्, सचेत नागरिक समाज सबैलाई यसको प्रतिरोध गर्न आह्वान गरेका छन् ।

     

  • १९ जेष्ठ २०७८, बुधबार १२:४२ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images