ओली सुध्रिने छाँटकाँट छैन, नयाँ पार्टीका लागि धेरै कुर्न सकिन्न : माधव नेपाल
  • CIA Khabar

  • काठमाडौ । नेकपा एमालेबाट निष्कासित नेता माधवकुमार नेपालले नयाँ पार्टी छिट्टै घोषणा हुने भन्दै समाहित हुनका लागि कसैलाई पनि दबाब नदिने बताएका छन् । आफूनिकट जनवर्गीय संगठनहरूको भेलामा भर्चुअल सम्बोधन गर्दै नेता नेपालले आउने आउँदै गर्ने र नआउने छुट्ने बताएका हुन् ।

    उनले एमाले अध्यक्ष केपी ओली सुध्रिने कुनै संकेत नरहेको बताएका छन् । ओलीको छलछाममा अल्झने कुरा छैन । अहिले अदालतमा मुद्दा विचाराधीन छ । संसद् पुनर्स्थापनाको सम्भावना छ । यसले पनि उनले अल्झाउन खोजेका हुनसक्छन्,’ नेता नेपालले भनेका थिए ।

    नेता नेपालले २ जेठमा फर्कने हो भने त्यसको इमान्दार कार्यान्वयनको विश्वास दिलाउनुपर्ने बताएका थिए । उनले  ओली एक व्यक्ति एक पदका लागि पनि सहमत हुनुपर्ने भनाइ राखेका छन् ।

  • १९ जेष्ठ २०७८, बुधबार १९:१७ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images