अभिनेता अग्रहरिले दिए अस्पताललाई अक्सिजन
  • CIA Khabar

  • काठमाडौ । अभिनेता प्रमोद अग्रहरिले अस्पताललाई अक्सिजन सहयोग गरेका छन् । उनले नवलपरासीस्थित पृथ्वीचन्द्र अस्पताललाई ३० थान अक्सिजन सिलिन्डर सहित सहयोग गरेका हुन् । परासी युवा समूहको व्यवस्थापनमा उनले उक्त सिलिन्डर अस्पतालका डा।मोहम्मद नुरुल होदालाई दिएका छन् ।
    ‘अहिले सर्वसाधारण अप्ठ्यारोमा रहेका छन् ।

    यस्तो बेला केही राहत होस् भनेर आफुले सकेको सहयोग दिएको हो’ अग्रहरिले भने ‘आगामी दिनमा सकेको सहयोग गर्छु ।’ अग्रहरिले सक्नेलाई सहयोगमा जुट्न समेत आग्रह गरेका छन् । यस अघि राज घिमिरे, पल शाह, पुष्प खड्का लगायत कलाकारले पनि अस्पताललाई अक्सिजन सिलिन्डर सहयोग गरेका थिए ।

    अग्रहरि फिल्म पर्दामा हिरो र भिलेन दुबै भुमिकामा देखिने कलाकार हुन् । ‘कथा काठमाण्डू’ फिल्ममा उनले प्रियंका कार्कीसँग दिएको अन्तरंग दृश्य निकै चर्चित भएको थियो । ‘कथा काठमाण्डू’को अलवा उनले उमा, सुन्तली, संरक्षण, जाइरा, जस्ता फिल्ममा अभिनय गरेका छन् ।

  • २० जेष्ठ २०७८, बिहीबार ११:५७ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images