एमाले विभाजन गरी माओवादी प्रवेश गर्ने बारे नेता नेपाल र श्रेष्ठबीच छलफल
  • CIA Khabar

  • काठमाडौँ । नेकपा (एमाले)बाट निष्कासित नेता माधवकुमार नेपाल र नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठबीच भेटवार्ता भएको छ ।

    नेता नेपाललाई भेट्न श्रेष्ठ नेपालको निवास कोटेश्वरस्थित जानुभएको थियो । नेपाल र श्रेष्ठबीच बुधबार राति ९ः२५ देखि १०ः१५ बजेसम्म करिब ५० मिनेट छलफल भएको बताइएको छ ।

    भेटवार्तामा पछिल्लो राजनीतिक घटनाक्रम, आगामी रणनीति र सहकार्यका विषयमा छलफल भएको जनाइएको छ । जसमा पहिलो प्राथमिकता एमालेलाई विभाजन गरी कमाजोर बनाउने विषयमा छलफल भएको बताइएको छ । नेता नेपालले एमालेलाई विभाजन गरी माओवादीमा समाहित हुने रणनीति वनाउनुभएको छ । भेटमा सोही बारेमा गहन छलफल भएको श्रोतले जनाएको छ । नेता नेपालले एमाले विभाजन गरी अर्को नयाँ पार्टी दर्ता गर्ने र त्यसपछि माओवादीसँग पार्टी एकिकरण गरी समाहित हुने रणनीति बनाउनुभएको छ ।

    उहाँका दैनिक अभिव्यक्ति तथा गतिविधिले उक्त कुरा प्रष्ट भएको छ । तर दोस्रो तहका नेता उक्त कार्यमा सहभागि नहुने भएपछि पछिल्लो समय नेता नेपाल अप्ठ्यारोमा पर्नुभएको छ । दोस्रो तहका नेताहरु एमालेमा नै रही एमालेका विचार र सिद्धान्त अनुसार अगाडी बढ्न वार्ता र छलफललाई तिव्रता दिइरहेका छ ।

  • २० जेष्ठ २०७८, बिहीबार १२:१७ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images