काठमाडौँ । स्वास्थ्य सामग्रीलगायत अन्य अत्यावश्यक सामग्री कालोबजारी गर्ने ३७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
कोरोना महामारीको डेढ महिनाको अवधिमा देशभरबाट प्रहरीले अक्सिजन सिलिन्डर, ह्यान्ड स्यानिटाइजर, अक्सिमिटर, मास्क, पञ्जा, रेम्डेसिभिर लगायतका स्वास्थ्य सामग्री कालोबजारी गर्ने ३७ जनालाई पक्राउ गरेको हो ।
यो अवधिमा पक्राउ परेका ३७ जनामध्ये १२ जना अक्सिमिटर कालोबजारी गर्ने, आठ जना पीसीआर परीक्षणको नक्कली प्रतिवेदन बनाउने, चार जना ह्यान्ड स्यानिटाइजर कालोबजारी गर्ने, तीन जना अक्सिजन सिलिन्डर कालोबजारी गर्ने, २ जना रिमडेसिभिर बढी मूल्यमा बिक्री गर्ने रहेका छन् । पक्राउ परेकालाई कालोबजारी तथा केही अन्य सामाजिक अपराध ऐन, २०३२ अन्तर्गतको कसुरमा मुद्दा चलाइएको प्रहरीले जनाएको छ ।