कैलाली। कैलालीमा ब्ल्याक फंगस अर्थात् कालो ढुसीबाट हुने म्युकरमाइकोसिस नामक संक्रमणबाट एक जनाको मृत्यु भएको छ ।
बर्दगोरियाका गाउँपालिका-६ का ६५ वर्षीय पुरुषको बिहीबार उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए । ब्ल्याक फंगस अर्थात् कालो ढुसीको संक्रमणबाट कैलालीमा पहिलो व्यक्तिको मृत्यु भएको उनले बताए ।
ती पुरुषको उपचारमा संलग्न चिकित्सकहरू शेरबहादुर कमर, निशान भट्टराई र अशोक श्रीपाइलीको टिमले उनमा कालो ढुसीको लक्षण देखिएपछि बायोप्सी परीक्षण गर्दा पुष्टि भएको बताएका छन् । उनको कोरोना परीक्षण गर्दा रिपोर्ट भने नेगेटिभ आएको थियो ।
स्वास्थ्यमा समस्या भएर १७ जेठमा सेती अस्पतालमा भर्ना भएका ती पुरुषको किड्नीमा समस्या रहेको अस्पतालले जनाएको छ ।