गण्डकी प्रदेश : सांसदको भनाइ रेकर्डबाट हटाएपछि एमालेको विरोध
  • CIA Khabar

  • गण्डकी । गण्डकी प्रदेशसभाका सांसद मनबहादुर गुरुङको भनाइ संसदको रेकर्डबाट हटाउने सभामुखको आदेशको एमालेले विरोध गरेको छ ।

    एमालेका सांसदहरूले बिहीबारको बैठकको सुरुमै उठेर विरोध जनाएका हुन् । त्यसपछि एमाले प्रमुख सचेतक मायानाथ अधिकारीले सांसद गुरुङको भनाइ हटाउनुपर्ने कुनै कारण नरहेकाले निर्णय सच्याउन सभामुखलाई आग्रह गरेका थिए ।

    यसअघि बुधबारको गण्डकी प्रदेशसभा बैठकमा सांसद गुरुङले १५ वैशाखको निर्णयमाथि प्रश्न उठाएका हुन् । एमाले सांसद गुरुङले गत १५ वैशाखमा संसदको कार्यसूचीअनुसार नजानेले राजीनामा दिनु पर्दैन भन्दै प्रश्न गरेका थिए उनले भनेका थिए, ‘१५ गते मतदान हुने भनेर कार्यसूचीमा आइसकेको कार्यक्रमलाई सत्तापक्ष वा सरकारले सूचना टाँस गरेको हो ? नैतिकता छ भने कार्यव्यवस्थामा बस्नेले राजीनामा दिनुपर्दैन ? कसकसले राजीनामा दिनु पर्दैन ?

    सांसद गुरुङले सभामुख र अन्य विपक्षी दलका सांसदको नाम लिएका थिएनन् । तर, संसद् स्थगित गर्ने निर्णयमाथि नै उनले  प्रश्न उठाएका थिए । पूर्वनिर्धारित कार्यसूचीअनुसार नचलेको भन्दै विपक्षी दलका सांसदतर्फ इंगित गरेर कार्यव्यवस्था परामर्श समितिको सहमति नमान्नेले राजीनामा दिनु पर्दैन भन्दै नैतिकताको सवाल उनले उठाएका थिए ।

    १५ वैशाखमा मुख्ममन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध आएको अविश्वास प्रस्तावमा मतदान हुने संसदको कार्यसूची थियो । तर, जनमोर्चाका सांसद खिमविक्रम शाही सम्पर्कविहीन भएपछि सभामुखले पार्टी सचेतकको पत्रअनुसार भन्दै बैठक रोकेका थिए ।

    आफ्नो सांसद हराएको भन्दै जनमोर्चा सचेतकले सभामुखलाई संसदको कामकारबाही रोक्न माग गरेकी थिइन् । त्यसपछि सभामुखले बैठक अर्को सूचना नभएसम्म स्थगित गर्ने जानकारी गराएका थिए ।

    सभामुखले एकलौटी निर्णय गरेको भन्दै सत्तापक्ष रुष्ट थियो । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पनि सभामुखले गलत नजिर बसालेको भन्दै सर्वदलीय बैठकमा आक्रोश पोखेका थिए । गण्डकी प्रदेशसभाका सभामुख नेत्रनाथ अधिकारी माओवादी केन्द्रबाट निर्वाचित हुन् । सभामुख नेतृत्वको समितिमाथि नै नैतिकताको प्रश्न उठाएपछि सांसद गुरुङको भनाइ संसदको रेकर्डबाट हटाइएको थियो ।

  • २० जेष्ठ २०७८, बिहीबार १३:५७ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images