गण्डकी । गण्डकी प्रदेशसभाका राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापा पदमुक्त भएका छन् ।
जनमोर्चाले सांसद थापालाई पार्टीबाट कारबाही गरिएको पत्र संसद सचिवालयमा पठाएको थियो । बिहीबार सभामुख नेत्रनाथ अधिकारीले बागलुङ १ ‘ख’ बाट निर्वाचित सांसद थापालाई सांसद पदबाट रिक्त गरिरिदन पार्टीको पत्र आएकोले र सो पद रिक्त भएको जानकारी संसदमा गराएका छन् ।
यसअघि उनलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको पत्र बिहीबार संसद सचिवालयमा दर्ता गराएको थियो । कांग्रेस नेतृत्वमा सरकार बनाउन सांसद थापाले हस्ताक्षर गरेका थिएनन् । सांसद थापा कांग्रेस नेतृत्वको सरकारलाई समर्थन नगर्ने भन्दै पार्टीभित्रै विद्रोह गरेका थिए । यही कारण देखाउँदै थापालाई ८ जेठमा पार्टीले कारबाही गरेको थियो ।
मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकार जोगाउन पार्टीको नीति विपरीत लागेका थिए । पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाहीमा परेका थिए ।