सांसदबाट पदमुक्त भएपछि कृष्ण थापाले भने- जनतामाथि घात गरिनँ, त्यसैले पद गएर अनौठो लागेको छैन
  • CIA Khabar

  • गण्डकी । गण्डकी प्रदेशसभाका राष्ट्रिय जनमोर्चा सांसद कृष्ण थापा पदमुक्त भएका छन् । पार्टीको पत्रअनुसार उनको स्थान रिक्त भएको जानकारी सभामुख नेत्रनाथ अधिकारीले बिहीबारको संसद बैठकमा गराए ।

    सांसद थापाले सांसद पद गुमे पनि आफूलाई कुनै चिन्ता नभएको प्रतिक्रिया दिएका छन् छोटो कुराकानी गर्दै उनले आफूले कांग्रेसलाई बोकेर हिँड्न नसक्ने सुरुवातबाटै दोहोर्‍याउँदै आएको र जनताको पक्षमा रहेकाले सांसद पद गएकोमा कुनै अनौठो नलागेको बताए ।

    थापाले कांग्रेसलाई भ्रष्टाचारी पार्टीको संज्ञा दिए । ‘कांग्रेसलाई बोकेर, काँध हालेर जान सकिनँ । कांग्रेस भनेको राष्ट्रको हित नगर्ने, सत्तामा बस्दा भ्रष्टाचार गर्ने पार्टी हो,’ उनले भने, ‘मलाई कम्युनिस्ट भनेर जनताले गिलास चिह्नमा मतदान गरेका हुन् । मैले जनताको अभिमानमा घात गरिनँ । कुनै अनौठो लागेको छैन ।’

    सांसद थापा कांग्रेस नेतृत्वको सरकारलाई समर्थन नगर्ने भन्दै पार्टीभित्रै विद्रोह गरेका थिए । यही कारण देखाउँदै थापालाई ८ जेठमा पार्टीले कारबाही गरेको थियो । गत वैशाख अन्तिममा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएपछि प्रदेश प्रमुखले विपक्षी दललाई सरकार गठनका लागि आह्वान गरेकी थिइन् । कांग्रेस नेतृत्वमा सरकार बनाउन सांसद थापाले हस्ताक्षर गरेनन् ।पार्टीले विपक्षीको पक्षमा जान भने पनि उनले खुलेरै विरोध गरे । उनले हस्ताक्षर गर्न अस्वीकार गर्दा ठूलो दलको नेताको हैसियतले पृथ्वीसुब्बा पुनः मुख्यमन्त्री बनेका थिए

  • २० जेष्ठ २०७८, बिहीबार १४:४९ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images