देशभर ६८२५ संक्रमित थपिए, थप ७५ जनाको मृत्यु
  • CIA Khabar

  • काठमाडौं ।नेपालमा पछिल्लो २४ घण्टामा ६ हजार ८२५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार २१ हजार ७७३ नमुनाको पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा सो संख्यामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    अहिलेसम्म नेपालमा ५ लाख ७६ हजार ९३६ जनामा कोरोना पुष्टि भएको छ । नेपालमा १ लाख १ हजार ८३९ सक्रिय संक्रमित रहेको मन्त्रालयको तथ्यांक छ ।

    आज ५ हजार ९०४ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त भएर डिस्चार्ज हुनेको संख्या ४ लाख ६७ हजार ४६७ पुगेको छ ।

    आज थप ७५ संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७ हजार ६३० पुगेको छ ।

  • २० जेष्ठ २०७८, बिहीबार १७:२५ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images