काठमाडौँ । पुर्व अर्थ राज्यमन्त्री उदय शम्शेर राणाले बज्रबाराही चापागाउँ अस्पताललाई दुईवटा भेन्टीलेटर सहयोग गरेका छन । गोदावरी नगरपालिका ललितपुरका मेयर गजेन्द्र महर्जन मार्फत भेन्टिलेटर हस्तान्तरण गरिएको हो । नेपाली काँग्रेसका युवा नेता राणाले नगरपाकिालाई हस्तान्तरण गरे लगत्तै नगर प्रमुख महर्जनले दुइवटै भेन्टीलेटर बज्रबाही चापागाउँ अस्पताललाई हस्तान्तरण गरेका छन ।
पुर्वमन्त्री राणाको आर्थिक सहयोगमा हस्तान्तरण गरिएको भेन्टीलेटर नेपाल भेन्टिलेटर सर्भिस मार्फत गोदावरी नगरपालिकालाई उपलब्ध गराइएको हो । पुर्वमन्त्री राणाले आग्रह गरेको एक हप्ता भित्रै उहाँले अडर गरेको भन्टीलेटर आफुहरुले उपलब्ध गराएको बताए ।
उक्त भेन्टिलेटर बज्रवाराही चापागाउँ अस्पताले आजै देखि प्रयोगमा ल्याउने बताएको छ । कोरोना भाइरस कोभिड–१९ को दोस्रो भेरियन्टका कारण अहिले देश भरि अक्सिजन, आइसियु तथा भेन्टिलेटरको आभाव भई अकालमा नगरिकले ज्यान गुमाउनु परेका अबस्थामा उक्त अस्पताललाई गरिएको यो सहयोगले ललितपुरका नागरिकहरुले उचित उपचार पाउने अपेक्षा गरिएको छ ।