काठमाडौँ । आज सेयर बजारमा नयाँ रेकर्ड कायम भएको छ ।
सेयर कारोबार मापक नेप्से परिसूचक उच्च अंकले बढेर बजारमा नयाँ रेकर्ड कायम भएको हो । आज २९ दशमलव ५५ अंकले बढेर २ हजार ८ सय ५६ दशमलव ७७ अंकमा पुगेको छ । गत आइतबार नेप्से परिसूचक २ हजार ८ सय २७ दशमलव ९३ अंकमा पुगेर नयाँ रेकर्ड कायम भएको थियो ।
नेप्से परिसूचकसँगै कारोबार रकममा समेत उल्लास देखिएको छ । बिहीबार १६ अर्ब ९० करोड रुपैयाँ भन्दा धेरैको कारोबार भएको छ ।