गण्डकी । कोभिड-१९ संक्रमण रोकथाम र नियन्त्रणका लागि राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेश कमिटीको व्यवस्थापनमा संचालीत हेल्प डेक्स बाट आज ५० थान अक्सिजन सिलिन्डर ,पिपिई सेट लगायतका स्वास्थ्य सामाग्री कार्यक्रमका प्रमुख अतिथि केन्द्रीय अध्यक्ष क.किरण पौडेलले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका VC डा.डुक बहादुर क्षेत्री लाई हस्तान्तरण गर्नुभयो ।
तस्बिर : मनोज पहारी
उक्त हस्तान्तरण कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य त्रय मा.कृष्ण थापा ,मा.राजिब पहारी र मा.मन बहादुर गुरुङ,संघका उपाध्यक्ष क्रमशः क्षितिज थेवे,उर्मीला सुनुवार,अशोक चौलागाईं र पुष्पराज श्रेष्ठ,महासचिव रमेश आचार्य ,उप-महासचिव रामजी सापकोटा ,पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान का डिन डा.श्रीकृष्ण श्रेष्ठ ,पश्चिमाञ्चल क्षेत्रीय अस्पताल का मेसु डा.भरत बहादुर खत्री, संघका केन्द्रीय नेता क्रमशः शंकर भण्डारी ,सुवास सापकोटा, सन्दिप घिमिरे र अविनास बास्तोला,संघका जिल्ला नेता कमरेडहरु लगायतको उपस्थिति रहेको थियो ।
तस्बिर : मनोज पहारी
कार्यक्रममा झण्डै १० (दस) लाख बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको थियोे भने कार्यक्रमको सभापति संघका केन्द्रीय सचिव एवं गण्डकी प्रदेश अध्यक्ष क.महेन्द्र गुरुङ र संचालन संघका स्थायी कमिटी सदस्य क.विकास अधिकारीले गर्नुभएको थियोे ।