खोप ल्याउन राष्ट्रपति र प्रधानमन्त्री आफै लाग्नुभएको छ : बालानन्द शर्मा
  • CIA Khabar

  • काठमाडौ । कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) का प्रमुख बालानन्द शर्माले खोप खरिदका लागि राष्ट्रपति र प्रधानमन्त्रीदेखि लिएर परराष्ट्र मन्त्रालयसमेत लागि परेको बताएका छन् । माथिबाट लागि पर्दासमेत पाउन मुस्किल गरिरहेको खोप स्थानीय तह, जिल्ला वा व्यक्तिहरुले किनेर ल्याउन नसक्ने शर्मा बताउँछन् ।

    ‘जिल्ला, वडा तहमा व्यक्ति–व्यक्तिले म किनेर लगाउँछु भनेर कहाँबाट पाउने रु विश्व बजारमा पाउन मुस्किल छ राज्यले त किन्न सकेको छैन भने कसरी ल्याउन सकिन्छ र रु’ सीसीएमसीका प्रमुख शर्माले भने, ‘खोप खरिद गर्न हामीले विभिन्न तरिकाहरु जानेनौँ होला । तर, जान्ने मुलुकले पनि पाएका छैनन् । बेच्ने कम्पनीहरुले नै खोप बेचिरहेका छैनन् ।’

    आफूले सीसीएमसीको नेतृत्व सम्हालेपछि नयाँ कार्ययोजना तयार पार्ने काममा जुटिरहेको शर्माले जानकारी दिए ।

  • २० जेष्ठ २०७८, बिहीबार २१:१९ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images