१ हजार ८४२ संक्रमित आईसीयू र भेन्टिलेटरमा, कुन प्रदेशमा कति ?
  • CIA Khabar

  • काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ८४२ जना कोरोना संक्रमितको देशका विभिन्न आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको छ ।

    मन्त्रालयको आजको तथ्यांक अनुसार देशभर हाल १ हजार ४४४ कोरोना संक्रमितको आईसीयूमा र ३९८ को भेन्टिलेटरमा गरी कुल १ हजार ८४२ जना उपचाररत छन्।

    मन्त्रालयको आजको तथ्यांक अनुसार प्रदेश १ मा २२१ जना आईसीयूमा र ५७ भेन्टिलेटरमा उपचाररत छन् । यसैगरी प्रदेश २ मा ११३ आईसीयूमा र २२ जनाको भेन्टिलेटर उपचार भइरहेको छ। यसैगरी बागमती प्रदेशमा ७२६ जना आईसीयूमा र २५६ जना भेन्टिलेटरमा छन्।

    गण्डकी प्रदेशमा १३९ जना आईसीयूमा र २३ जना भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा १६९ जना आईसीयूमा र २५ जना भेन्टिलेटरमा, कर्णालीमा ४६ जना आईसीयूमा र ५ जना भेन्टिलेटरमा, सुदूरपश्चिम प्रदेशमा ३० जना आईसीयू र १० जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।

    यस्तो छ विस्तृत विवरण :

     

  • २१ जेष्ठ २०७८, शुक्रबार ००:१४ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images