अर्जुन पराजुलीको व्यङ्ग्य : रेल चढ्न चुरे दिल्ली जादैँ छ
  • CIA Khabar

  • काठमाडौ ।  कवि अर्जुन पराजुलीले ढुंगा, गिटी, बालुवाको निकासी गर्ने सरकारी नीति माथि व्यङ्ग्य गरेका छन् । सरकारले अध्यादेशमार्फत ल्याएको बजेट वक्तव्यमार्फत ढुंगा, गिटी र बालुवा निकासी गर्ने र त्यसको प्रोत्साहन गर्न मिल्ने गरी भन्सार महसछुल छुटका योजना ल्याएको छ ।

    समसामायिक विषयमा थोरै शब्दमा तिखो व्यङ्ग्य गर्न सक्ने कवि पराजुलीले दिल्लीबाट रेल आउने प्रसंग जोड्दै भनेका छन् :

    पहिले भन्थे
    नयाँ युग बोकेर
    चुरे चढ्न दिल्लीबाट रेल आउदै छ
    अहिले सुनिदै छ
    झिटी गुन्टा बोकेर रेल चढ्न चुरे आफैँ दिल्ली जादैँ छ ।

  • २१ जेष्ठ २०७८, शुक्रबार १०:२७ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images