काठमाडौँ। प्रेमीसँग मिलेर भारतमा २ सन्तानकी आमाले आफ्नै श्रीमानको अत्यन्तै क्रुर तबरमा हत्या गरेको घटना सार्वजनिक भएको छ ।
भारतको मुम्बाइमा २७ वर्षीया शाहिदाले आफ्नो प्रेमीसँगै मिलेर श्रीमानको हत्या गरि शवलाई चार टुक्रा पारेर भान्सामा गाडिएको खुलेको हो ।
हत्या पछि प्रेमीसँग मिलेर शाहिदाले टुक्रा टुक्रा बनाई शव भान्सामा गाडेकी थिइन् । हत्या भएको दिन छोरीले सबै कुरा देखिन र शाहिदाले कसैलाई यो कुरा नभन्न धम्की दिएकी थिइन् । यदि भनिस भने तिमीहरुको पनि यस्तै हालत गर्छु भने पछि उनीहरु चुपचाप बसेका थिए ।
निकै दिनसम्म पनि रईसको पत्ता नलागे पछि छिमेकीले प्रहरीलाई उनी हराइरहेको जानकारी गराए । तीन दिन पहिले रईसका भाइ गाँउबाट मुम्बइ आए र ६ बर्षीया बच्चाले सबै कुरा उनलाई बताएपछि उनी प्रहरी कहाँ पुगेका थिए । त्यसपछि घटनाको बास्तविकता बहिर आएको थियो ।