जुका र चुर्नाबाट बच्न खानुहोस् यी ६ कुरा
  • CIA Khabar

  • हाम्रा शरीरभित्र विभिन्न परजीविहरू हुन्छन् । ती परजीविहरूले हाम्रो शरीरको पोषणहरू सोसेर खाइदिइरहेको हुन्छ।

    मानव शरीरका लागि हानिकारक तर हाम्रो शरीरभित्रै डेरा जमाएर बसेका त्यस्ता परजीविहरूलाई मार्नका लागि प्राकृतिक रुपमा नै केही खानेकुराहरू पनि पाइन्छन् । आउनोस्, त्यस्ता स्वस्थकर, मानावोपयोगी खानेकुराहरूबारे जानीराखौँ।

    बेसारः बेसारलाई चमत्कारी खानकुरा मानिन्छ । बेसारले शरीरभित्र रहेका जुकाहरू लगायत अन्य विभिन्न परजीविहरूलाई मारेर शरीरबाट बाहिर निस्कासन गर्न मद्दत गर्छ।

    ल्वाङः ल्वाङमा कार्योफिलिन (Caryophyllene) पाइन्छ । रगतमा ल्वाङमा पाइने त्यो तत्व मिसिएपछि शरीरभित्र रहेका परजीविहरू, तिनका अण्डा र लार्भालाई मारिदिन्छ।

    लसुनः ताजा लसुनमा एलिसिन (Allicin) पाइन्छ । यो एलिसिन प्राकृतिक रुपमै पाइने त्यस्तो प्रभावशाली एन्टिबायोटिक्स हो, जसले २० किसिमका व्याक्टेरियाहरू, ६० किसिमका ढुसी (फङ्गस) र केही खतरनाक भाइरसहरूलाई समेत मारिदिन्छ।

    फर्सीको बियाँः फर्सीको बियामा क्युकुरविटासिन (Cucurbitacin) पाइन्छ । यसमा पनि प्रतिजैविक तत्त्वहरू पाइन्छ। त्यसले शरीरमा भएरका परजीविहरू र तथा तिनका लार्भाहरूलाई पक्षघात गराएर निष्क्रिय बनाइदिन्छ।

    मेवाका दानाः मेवाका दानाले शरीरभित्र टेपवर्म र अन्य विभिन्न किसिमका परजीवि एवं जुकाहरूलाई मारिदिन्छ।

    अदुवाः शरीरभित्र रहेका जुकालगायतका परजीविहरूलाई मार्नको लागि अदुवा पनि एउटा प्रभावकारी खानेकुा हो। यसले आन्द्राको संक्रमणबाट हामीलाई बचाउँछ र आमाशयमा एसिडको नियमित उत्पादनमा पनि सहयोग पुर्याउँछ।

  • २१ जेष्ठ २०७८, शुक्रबार १२:२८ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images