आन्तरिक संघर्ष जारी राख्ने एमाले नेपाल–खनाल समूहको निर्णय
  • CIA Khabar

  • काठमाडौँ– नेकपा एमालेको माधवकुमार नेपाल र झलनाथ खनाल समूहले पार्टीभित्र आन्तरिक संघर्ष जारी राख्ने निर्णय गरेको छ।आज बसेको नेपाल–खनाल समूहको बैठकले अध्यक्ष केपी शर्मा ओलीको गतिविधि स्वेच्छाचारी, पार्टीको विधानविपरित भएको निष्कर्ष निकालिएको नेता भीम रावलले जानकारी दिए।

    उनले भनेअहिले कोरोना महामारीलाई ध्यानमा राखेर हाम्रो अभियानलाई जारी राख्नुपर्छ भन्ने निष्कर्ष निकालेका छौँ।

    नेता रावलले कोरोना महामारीलाई नियन्त्रण गर्न सरकारसँग आग्रह गर्ने निर्णय समेत आफ्नो समूहको स्थायी कमिटिको बैठकले गरेको जानकारी दिए।

    कोरोनाका कारण समानान्तर गतिविधि केही कम हुने भए पनि नरोकिने उनले बताए । उनले भने,‘कोरोनाका कारण कतिपय गतिविधि कम हुनसक्छन्। हामी अभयिानलाई बन्द गर्ने अवस्थामा पुगेका छैनौँ।

  • १५ बैशाख २०७८, बुधबार १८:४२ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images