काठमाडौँ। सरकारले कोरोनाविरुद्धको चिनियाँ सिनोभ्याक खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ । औषधि व्यवस्था विभागले शुक्रबार सिनोभ्याक लाइफ साइन्सले विकास गरेको खोपलाई अनुमति दिएको हो ।
अहिलेसम्म सिरमको कोभिसिल्ड, रूसको स्पुतनिक भी र चीनको भेरोसेल खोपले नेपालमा प्रयोगको लागि अनुमति पाएका थिए । नेपालमा कोभिसिल्ड र भेरोसेल खोपको प्रयोग गरिएको छ ।