काठमाडौँ। शुक्रबार प्रधानमन्त्री केपी ओलीले जनता समाजवादी पार्टीका राजेन्द्र महतोलगायतलाई समावेश गरी मन्त्रिपरिषद् पुनर्गठन गरे।
उता प्रतिनिधिसभा विघटनका सम्बन्धमा सर्वोच्च अदालतमा मुद्दा विचाराधीन छ । यस्तो अवस्थामा गरिएको मन्त्रिपरिषद् पुनरर्गठन दुई-चार दिनको घामछाया भएको नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले टिप्पणी गरेका छन् ।
‘समस्या प्रधानमन्त्रीमै छ । न मन्त्री फाल्नु समाधान हो न पाल्नु,’ शर्माले ट्विटरमा लेखेका छन्, ‘फैसला´ सम्मलाई दुइ-चारदिनको घामछाया !’