काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसित विगतमा देखिएका असमझदारी हटेर गएको बताएका छन् । बीबीसी हिन्दीलाई दिएको अन्तर्वार्तामा उनले कहिलेकाही छिमेकी देशसँग असमझदारी हुने भए पनि अहिले भने त्यो असमझदारी हटेको बताएका हुन् ।
उनले छिमेकी देशहरूमा प्रेम र समस्या हुनु स्वभाविक भएको उल्लेख गर्दै भविष्य हेरेर सकारात्मक पक्षलाई अगाडि बढाउनु पर्ने बताए । ‘कुनै समय असमझदारी थिए । अब असझदारी हटेको छन् । हामी त्यसैमा अल्झिएर बस्नु हुँदैन । भविष्य हेरेर अगाडि बढ्नुपर्छ’, उनले भने ।
उनले भारतले मित्रताका हिसाबले नेपाललाई सहयोग गर्न आग्रह गरे । उनले यसअघि गरेका सहयोगको सराहना गर्दै अब पनि मित्रतापूर्ण सम्बन्धलाई ध्यानमा राखेर भारतले पूर्ण सहयोग गर्नुपर्ने तर्क गरे । ‘हाम्रो मित्रतापूर्ण सम्बन्धलाई ध्यानमा राखेर भारतले पूर्ण सहयोग गर्नुपर्छ’ उनले भने ।