महतो ओली सरकारमा गएपछि बाबुरामको प्रश्‍न – नाकाबन्दीका समर्थक र विरोधीको सालनाल कहाँ जोडिएको रहेछ ?
  • CIA Khabar

  • काठमाडौँ।  ओली सरकारमा जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोको नेतृत्वमा १० जना  सहमागी भएपछि परिषद् अध्यक्ष बाबुराम भट्टराईले आपत्ति जनाएका छन् ।

    उनले सामाजिक सञ्जाल ट्विटरमा आफ्नो टिप्पणी लेख्दै नाकाबन्दीका कट्टर समर्थक र विरोधीको सालनाल कहाँ जोडिएको रहेछ भनेर प्रश्न गरेका छन् ।

    उनले जसपाका नेताहरू सरकारमा सहभागी भएपछि अन्धराष्ट्रवादको नारा दिएर पहाडी मतदाता ठग्ने र क्षेत्रीयतावादका कुरा गरेर मधेसी मतदाता ठग्ने दुवैको मुकुण्डो उत्रिएको तर्क गरेका छन् ।

    ‘यक्ष प्रश्न- संविधान जारी हुँदा दीपावली गर्ने र ब्ल्याकआउट गर्नेको घाँटी कसरी जोडियो ? अन्धराष्ट्रवादको नारा दिएर पहाडी मतदाता ठग्ने र क्षेत्रीयतावादका कुरा गरेर मधेसी मतदाता ठग्ने कसरी एकै ठाम ? नाकाबन्दीका कट्टर समर्थक र विरोधीको सालनाल कहाँ जोडिएको रहेछ ? दुवैको मुकुण्डो उत्रिएन त ?’ उनले भनेका छन् ।

  • २२ जेष्ठ २०७८, शनिबार ०७:३९ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images