मन्त्रीबाट हटेलगत्तै ज्ञवालीले सार्वजनिक गरे सम्पत्ति विवरण
  • CIA Khabar

  • काठमाडौँ।पूर्वमन्त्री प्रदीपकुमार ज्ञवालीले परराष्ट्र मन्त्रीबाट हटेलगत्तै सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।

    शुक्रवार बेलुकी सामाजिक सञ्जालमार्फत उनले सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् ।

    आफ्नो सवा तीन वर्षको कार्यकालमा केही घरायसी सामान र दुईसय थान पुस्तकबाहेक अरु सम्पत्ति विवरणमा उल्लेख्य फेरबदल नभएको उनले जनाएका छन् ।

    ‘यस अवधिमा मेरो तर्फबाट विदेश भ्रमण बापतको लेभी ३ लाख १४ हजार ९३० र पारिश्रमिक बापतको लेभी ६ लाख २० हजार गरी जम्मा ९ लाख ३४ हजार ९३० पार्टी खातामा जम्मा भएको छ’ उनले फेसबुकमा उल्लेख गरेका छन् ।

  • २२ जेष्ठ २०७८, शनिबार ०७:४९ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images