नेपाल-खनाल समूहको स्थायी कमिटी बैठक बस्दै,
  • CIA Khabar

  • काठमाडौँ । एमालेको साधारण सदस्य समेत नरहने गरि निकालिएका वरिष्ठ नेता माधव कुमार नेपालले आज आफू पक्षीय स्थायी कमिटी बैठक डाकेका छन् ।

    दिउँसो १ बजे डाकिएको बैठकमा आफू पक्षीय केन्द्रीय कमिटी सदस्यहरूबाट आएको सुझावमा छलफल गरेर आगामी रणनीति तय हुने नेपाल-खनाल पक्षका नेता डा.वेदुराम भुषालले जानकारी दिए ।

    नेपाल-खनाल समूहका केन्द्रीय सदस्यले बिहीबार र शुक्रबार भर्चुअल माध्यमबाट सम्भव भएसम्म निश्चित समय तोकेर पार्टी एकतालाई अघि बढाउन सुझाव दिएका थिए । निश्चित समयमा पनि पार्टी एक नभए वारपार गरेर अघि बढ्न उनीहरुले नेतृत्वलाई दबाब दिएका छन् ।

    आजै नेता नेपालले आफूपक्षीय जिल्ला पदाधिकारीहरूसँग पनि छलफल गर्दैछन् । उनले भर्चुअलमाध्यमबाट जिल्ला कमिटीका पदाधिकारीहरुसँग छलफल गर्न लागेका हुन् । एमालेबाट निकालिएका नेपालसहितका केही पदाधिकारीहरु नयाँ पार्टी खोल्नु पर्ने बताइरहेका छन् ।

    तर, घनश्याम भुषाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र योगेश भट्टराई संस्थापन पक्षसँग एकताका लागि वार्तामा रहेकाले सम्भव भएसम्म एकता गरेर अघि बढ्नु पर्नेमा छन् ।

  • २२ जेष्ठ २०७८, शनिबार १०:१५ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images