काठमाडौँ । के तपाईँ कोरोना भाइरस संक्रमण (कोभिड–१९)को महामारीको यो समयमा विदेशबाट नेपाल आउँदै हुनुहुन्छ ? यदि आउँदै हुनुहुन्छ भने तपाईंले नेपाल सरकारले तोकेका केही मापदण्डहरू पूरा गर्नुपर्ने हुन्छ ।
नेपाल सरकार कोभिड –१९ संकट व्यवस्थापन केन्द्रले नेपाली तथा विदेशी नागरिकहरु विदेशबाट नेपाल आउँदा पालना गर्नुपर्ने मापदण्ड सार्वजनिक गरेको छ।
अहिले सरकारले चीन, टर्की र कतारका लागि हप्तामा एक दिन दुईतर्फी नियमित उडान खुलेको हो। ती देशबाट आउँदा नेपालीहरुले विभिन्न मापदण्डको पालना गर्नुपर्नेछ। यसबाहेक जुनसुकै देशबाट नेपाल आएपनि तोकिएको मापदण्ड पुरा गर्नुपर्ने छ ।
विदेशबाट आउनेले के गर्ने ?
तपाईं विदेशबाट नेपाल आउँदै हुनुहुन्छ भने तपाईंले एउटा फारम भर्नुपर्ने हुन्छ । तपाईले भर्ने फारममा विभिन्न मापदण्डहरु राखिएका छन् । फारममा तपाईंको व्यक्तिगत विवरण, पारिवारीक विवरण, यात्राको विवरण, हाल रहेको देशको विवरण, नेपाल फर्किएपछिको भावि योजना, स्वास्थ्य विवरणलगायत सोधिएको हुन्छ । त्यो सबै तपाईंले भर्नुपर्छ ।
तपाई जुनसुकै देशबाट नेपाल आएपनि १४ दिन अनिवार्य रुपमा क्वारेन्टाइन वस्नु पर्ने हुन्छ । क्वारेन्टाइन कहाँ बस्ने भनेर तपाईंलाई ‘अप्सन’ दिइएको छ ।
पहिलो, तपाईं आफ्नै खर्चमा होटल क्वारेन्टाइनमा बस्न सक्नुहुन्छ । जसका लागि तपाईंले फारममै दिएको अप्सन अनुसार तपाई कुन होटल क्वारेन्टाइन बस्ने उल्लेख गर्नुपर्छ । दोस्रो स्थानीय तहले व्यवस्था गरेको क्वारेन्टाइनमा पनि बस्न सक्नुहुने छ । तेस्रो तपाई होम क्वारेन्टाइनमा पनि बस्न सक्नुहुने छ तर यसका तपाईंको पिसिआर नेगेटीभ प्रमाणित हुनुपर्छ ।
फारम भर्नको लागि यहाँ क्लिक गर्नुहोला
फारम कसरी भर्ने ?
– गुगल क्रोम (Google Chorme) वा फायरफक्स (Firefox) Web Browser बाट फारम भर्नुहोला ।
– फारम भर्दा कुनै दुविधा भएमा Correction Support मा गई सही इमेल, राहदानी नं। आदि मागिएको विवरण राखी खुलस्त रूपमा के गर्नुपर्ने हो Feedback पठाउनुहोला ।
– रातो चिन्ह लगाइएका विवरण नछुटाई भर्नुहोला । सही विवरण उपलब्ध भएपश्चात मात्र उक्त इमेलमा थप जानकारी पठाइनेछ ।
– फारम भरिसकेपछिको तपाइँको System Generated Bar Code को Screenshot (Win + PrtSc) गरी वा Print प्रतिलिपि तुरुन्त सुरक्षित आफैँसँग राख्नुहोला ।
– यदी पहिला नै यो फारम भरिसकेको भए फेरी दोहोराएर नभर्नुहोस् । आफूले पहिले प्राप्त गरिसक्नुभएको Bar Code उल्लेख गरी अध्यावधिक गराउनु पर्ने विवरणलाई Correction Support मा गई भरेर पठाउनुहोला ।
– Flight बाट आगमन हुने यात्रुहरूको हकमा फारम भर्दा Flight Confirm भई PCR Report प्राप्त भइसकेपछि मात्र भर्दा उपयुक्त हुने ।