राजेन्द्र महतोको अभिव्यक्तिप्रति योगेश भट्टराईको आपत्ति,
  • CIA Khabar

  • काठमाडौँ।  एमाले नेता योगेश भट्टराईले नवनियुक्त उपप्रधान एवं शहरी विकासमन्त्री राजेन्द्र महतोको एक बयानप्रति विरोध जनाएका छन् । हिजो मन्त्री भएलगत्तै महतोले मुलुकलाई बहुराष्ट्रिय राज्यतर्फ लैजान मुक्ति आन्दोलन गर्ने बताएका थिए ।

    महतोको उक्त अभिव्यक्तिको विरोध गर्दै पूर्वमन्त्रीसमेत रहेका भट्टराईले फेसबुकमा लेखेका छन्, ‘पहिलो र दोश्रो संविधानसभामै असान्दर्भिक भइसकेको बहुराष्ट्रिय राज्यको बहस नियुक्त भएका उपप्रधानमन्त्री पुनः उठाएछन् । संकेत राम्रो छैन ।

    देशलाई फेरि द्वन्द्वतिर फर्काउने यस्ता अभिव्यक्तिमाथि बेलैमा लगाम लगाउन उनले प्रधानमन्त्री केपी ओलीलाई सुझावसमेत दिएका छन् । विविधतामा आधारित नेपाली राष्ट्रियता नै साझा राष्ट्रियता भएको भट्टराईले उल्लेख गरेका छन् ।

    उनले हिजो यस्तो लेखेका छन्ः

    पहिलो र दोश्रो संविधानसभामै असान्दर्भिक भइसकेको बहुराष्ट्रिय राज्यको बहस आज नियुक्त भएका उपप्रधानमन्त्री पुनः उठाएछन । संकेत राम्रो छैन । देशलाई फेरि द्वन्द्वतिर फर्काउने यस्ता अभिव्यक्तिमाथि लगाम लगाउनुहोला प्रधानमन्त्रीज्यू । संविधानको धारा ३ ले राष्ट्रको परिभाषा यसरी गरेको छ, ‘बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त भौगोलिक विविधतामा रहेका समान आकांक्षा र नेपालको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हित तथा समृद्धिप्रति आस्थावान रही एकताको सूत्रमा आवद्ध सबै नेपाली जनता समष्टिमा राष्ट्र हो ।’ अर्थात् विविधतामा आधारित नेपाली राष्ट्रियता नै हाम्रो साझा राष्ट्रियता हो ।

  • २२ जेष्ठ २०७८, शनिबार १०:४४ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images