काठमाडौँ । नेकपा (एमाले) खनाल-नेपाल समूहले आजका लागि स्थायी कमिटीको बैठक बोलाएको छ । आज दिउँसो १ बजे स्थायी कमिटीको बैठक बस्न लागेको हो ।
उक्त बैठकअघि सो समूहले समानान्तर जिल्ला कमिटीका अध्यक्षहरूसँग छलफल गर्दै छ । बिहान ११ बजेदेखि उक्त छलफल सुरु भएको हो।
यसअघि लगातार दुई दिन सो समूहको केन्द्रीय कमिटीको बैठक बसेको थियो । त्यसअघि खनाल-नेपाल समूहले समानान्तर जनवर्गीय संगठनसँग पनि छलफल गरेको थियो ।
प्राय सबै छलफलमा वार्ताका नाममा धेरै दिन नअल्मलिन नेतृत्वमाथि दबाब परेको छ । भर्चुअल रूपमा बसेको केन्द्रीय कमिटीको बैठकले पनि ओलीसँग वार्ताको ढोका खुलै राख्ने तर, धेरै नलम्ब्याउने निष्कर्ष निकालेको थियो ।