काठमाडौँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्ष सरकारमा सहभागी भएसँगै संविधानवाद स्थापित भएको दाबी गरेका छन् ।
संविधानवाद स्थापित भएसँगै अब चुनावमार्फत नयाँ जनादेश प्राप्त गर्ने अभियानमा जुट्न पोखरेलले अपिल गरेका छन् ।
शनिबार फेसबुक स्टाटस लेख्दै पोखरेलले यस्तो प्रतिक्रिया दिएका हुन् ।
‘जसपाको महन्तपक्ष सरकारमा सहभागी भएसँगै संविधानवाद स्थापित भएको छ । अब सबै पक्ष चुनावमार्फत नयाँ जनादेश प्राप्त गर्ने अभियानमा जुटौँ,’ उनले लेखेका छन् ।