त्रिवि मानवशास्त्र केन्द्रीय विभाग प्रमुख चेम्जोङमाथि यौन दुर्व्यवहारकाे आरोप
  • CIA Khabar

  • काठमाडौं – त्रिभुवन विश्वविद्यालय मानवशास्त्र केन्द्रीय विभाग प्रमुख डम्बरध्वज चेम्जोङमाथि यौन दुर्व्यवहारको आरोप लागेको छ। त्रिवि शिक्षा संकाय डिन कार्यालयकी महिला कर्मचारीले चेम्जोङले आफूमाथि पटकपटम यौन दुर्व्यवहार गरेको आरोप लगाएकी हुन्।

    ती महिला कर्मचारीले विभिन्न स्थानमा आफूमाथि यौन हिंसा भएको भन्दै महानगरीय प्रहरी वृत्त कालीमाटीमा उजुरी दिएकी छिन्। उनले ७ वैशाखमा महिला सेलमा उजुरी दर्ता गराएकी प्रहरी स्रोतले जानकारी दिएको छ।

    पछिल्लोपटक आफूमाथि भएको यौन हिंसाको प्रतिकार गर्दै ती चेम्जोङमाथि चप्पल प्रहार गरेको ती महिलाले बताएकी छिन्। यो घटना देख्ने अन्य व्यक्तहरु पनि रहेको र आवश्यक परे आफूले प्रत्यक्षदर्शी ल्याउन सक्ने ती महिलाको दाबी छ।

    उता, आरोपित चेम्जोङले ती महिलाले आफूमाथि झुटो आरोप लगाएको बताएका छन्। उपप्राध्यापक चेम्जोङ आफूले ती महिलालाई मानवशास्त्र विभागबाट सरुवा गरिदिएका कारण महिलाले आफ्नो चरित्र हत्या गर्न यस्तो आरोप लगाएको बताए। विभागबाट गीतालाई २२ महिनाअघि शिक्षा डिन कार्यालय सरुवा गरिएको चेम्जोङले जानकारी दिएका छन्।

    ती महिलाले भने चेम्जोङले घर पु¥याईदिन्छु स्कुटरमा राखेर आफ्ना संवेदनशील अंग छोएको बताएकी छिन्। प्रहरीले सोधपुछका लागि बैखाश १२ गते दुबै पक्षलाई बोलाए पनि उनीहरु छुट्टाछुट्टै समयमा उपस्थित भएको बताइएको छ।

    महिलाले आफूमाथि भएको दुर्व्यवहारबारे छानबिन गर्न मानविकी संकायको डिन कार्यालयमा गत १८ असोजमै निवेदन दिएकी थिइन्। त्यस निवेदनउपर कुनै कारबाही नभएको पीडित महिलाले बताएकी छिन्।

  • १५ बैशाख २०७८, बुधबार २०:१० प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images