‘नागिन ३’ अभिनेता पर्ल पक्राउ
  • CIA Khabar

  • मुम्बई(बलिउडलाइफ)।भारतीय टेलिभिजन जगतका कलाकारका लागि केही दिन यता निकै खराब साबित हुँदै गएको छ । टेलिफिल्म ‘ये रिश्ता क्या कहलाता है’ अभिनेता करण मेहरालाई उनकी पत्नी निशा रावलले घरेलू हिंसाको आरोप लगाएपछि मुम्बई प्रहरीले पक्राउ गरेको थियो ।

    यो घटना सेलाउन नपाउदै मुम्बई प्रहरीले नै ‘नागिन ३’ अभिनेता पर्ल वी पुरीलाई बलात्कारको आरोपमा पक्राउ गरेको छ । गए राती प्रहरीले उनलाई पक्राउ गरेको हो ।

    ‘ब्रह्मराक्षस २’का अभिनेतासमेत रहेका पर्ललाई एक महिलाले बलात्कार तथा दुव्र्यवहारको आरोप लगाएकी थिइन् । पर्लविरुद्ध ती महिला र उनको परिवारले प्रहरीमा उजुरी दिएका थिए ।

    हाल पर्ल जेलमा छन् । यो मुद्दाको विषयमा अन्य कुनै जानकारी बाहिर आएको छैन । पर्लले पनि यो विषयमा केही बोलेका छैनन् ।

    पर्लको नाम टेलिभिजन अभिनेत्री करिश्मा तन्नासँग जोडिएको थियो । उनीहरु डेटमा थिए । तर सम्बन्ध बिग्रिएपछि उनीहरु अहिले एकापसमा राम्रो साथी भनी व्याख्या गर्छन् ।

    पर्लले केही महिना अघि मात्र कोरोना भाइरसका कारण पिता गुमाएका थिए ।

  • २२ जेष्ठ २०७८, शनिबार १५:१४ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images