युरिक एसिड भएपछि कतिपय कुरा खानु हुदैँन । तर मानिस जानअन्जानमा ति कुराको सेवन गर्छन् र यो झन् बढेर जान्छ । तसर्थ युरिक एसिड भएको बेला के के नखाने भन्ने बारे जानिराख्नु उपयुक्त हुन्छ स्
१। युरिक एसिड बढेको बेला रातो मासु, फल मासु, ठूला जनावरका मासु खानु हुदैँन ।
२। यो बेलामा हासको मासु, टर्कीको मासु, मुटु, कलेजो मृगौला र गिदी जस्ता भित्री अङ्गको मासु समेत खानु हुँदैन ।
३। युरिक एसिड बढेको बेला कोल्ड ड्रिंक, कार्बोनेटेड र मधुराकृत पेय खानु हुदैँन ।
४। यो बेलामा गेडागुडी, दाल लगायतको दलहन पर्दाथको सेवनबाट बच्नु पर्दछ ।
५। कुरिलो, फूलकोभी, बन्दा, पालुङ्गो, च्याउ र गोलभेंडा जस्ता सागपात समेत खानु हुदैँन ।
६। गुलिया पेय, मह पानी, सोडापानी पनि युरिक एसिडका लागि राम्रो मानिदैँन ।
७। युरिक एसिड भएको बेलामा तामा, गुन्द्रुक सिन्की पनि खानु हुदैँन ।
८। रक्सि, ब्राण्डी, ह्वीस्की, रम जस्ता अल्कोहोलिक पेय समेत सेवन गर्नु हुदैँन ।
९। जंकफूड तथा बेकरी उत्पादनमा सेचुरेटेड फ्याट धेरै हुन्छ । जसले रगतमा युरिक एसिडको मात्रालाई बढाउँछ युरिक एसिड बढ्ने समस्या आउँछ ।
१०। विशेषगरी झिंगे माछा, ट्यूना, एन्कोभिज प्रजातीका माछा र अन्य समुन्द्री खानाको सेवनबाट बच्नु पर्दछ । विभिन्न एजेन्सीको सहयोगमा