२७ जेठमा विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री गुरुङ
  • CIA Khabar

  • गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले २७ जेठमा विश्वासको मत लिने तयारी गरेका छन् । आज बसेको कार्यव्यवस्था परामर्श समिति बैठकमा सत्तापक्षीय प्रतिनिधिले २७ जेठ अगाडि उक्त प्रक्रिया अघि नबढाउने अडान लिएका हुन् ।

    विश्वासको मत लिनुभन्दा दुई दिन अगाडि सरकारको तर्फबाट संसदमा जानकारी गराउनुपर्छ । ‘२५ गते जानकारी गराउँछु । दुई दिनमा त्यो परिपक्व हुन्छ अनि २७ गते मतदान गर्ने भनेर सत्तापक्षका माननीयले भन्नुभयो,’ कार्यव्यवस्थाका एक सदस्यले शिलापत्रसँग भने ।

    विश्वासको मत लिने भनेर मिति भने तोकिएको छैन । सरकारले पत्र दर्ता गराएको दुई दिनपछि मतदान हुने व्यवस्था अनुसार अगाडि बढिने सभामुख नेत्रनाथ अधिकारीले बताए ।

  • २२ जेष्ठ २०७८, शनिबार १६:४४ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images