कर्णालीमा सरकारमा सहभागी हुने मन्त्रीलाई कांग्रेसले बनायो १३बुँदे आचारसंहिता
  • CIA Khabar

  • कर्णाली । कर्णाली प्रदेश सरकारमा सामेल हुने आफ्ना मन्त्रीहरूका लागि नेपाली कांग्रेस संसदीय दलले आचारसंहिता बनाएको छ । सरकारमा सहभागी हुने मन्त्रीहरूका लागि कांग्रेसले १३ बुँदे आचारसंहिता जारी गरेको हो ।

    आचारसंहितामा भ्रष्टाचारमा शून्य सहनशीलताको नीतिलाई अवलम्बन गर्ने, आर्थिक अनुशासन, स्वच्छता, मितव्ययिता, शादा जीवनशैली अपनाउने, दान, उपहार, पुरस्कार, चन्दा वा निजी सेवा, सुविधा, लाभ र अस्वभाविक निमन्त्रणालाई स्वीकार गर्न नपाइने आचारसंहिता लागू गरिएको नेपाली कांग्रेसका कर्णाली प्रदेश सभाका सांसद हिमबहादुर शाहीले बताए ।

    ‘मन्त्रालयसँग प्रत्यक्ष सरोकार राख्ने विषयमा कोही कसैसँग व्यावसायिक साझेदार, सहयोगी बन्न तथा व्यवसाय गर्दा गर्न पार्टीले प्रतिबन्ध लगाएको छ,’ उनले भने, ‘कसैको स्वाभिमान र अस्तित्वमाथि खलल हुने कुनै पनि कार्यलाई निरुत्साहित गर्नुपर्ने, कानुनले बर्जित गरेका कुनै पनि आचरण विपरीत हुने कार्यहरू गर्न पाइने छैन् ।

    कांग्रेस संसदीय दलले सामाजिक विकासमन्त्रीमा सुर्खेतका यज्ञबहादुर बीसी र जलस्रोत तथा ऊर्जा विकासमन्त्रीमा जुम्लाका दीनबन्धु श्रेष्ठ पठाउने निर्णय गरेको छ ।

    कांग्रेसबाट मन्त्री भएका बिसी र शाहीको आइतबार मात्र नियुक्ति र पद तथा गोपनीयताको शपथग्रहण हुने भएको छ ।

    नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि चैत अन्तिम साता कांग्रेस र माओवादी केन्द्रबीच सत्ता साझेदारीबारे सहमति भएको थियो । त्यसको आधारमा ३ वैशाखमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई कांग्रेसले विश्वासको मत दिएको थियो । कांग्रेस विश्वासको मत दिँदा शाही नेतृत्वको कर्णाली सरकार जोगिएको थियो ।

  • २२ जेष्ठ २०७८, शनिबार १८:४१ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images