इश्वर पोखरेलको त्यो सुझावपछि प्रधानमन्त्रीले लिनुभयो मन्त्रिपरिषद पुनर्गठनमा ब्यापक हेरफेरको निर्णय
  • CIA Khabar

  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रवार मन्त्रिपरिषद पुनर्गठन गर्नुभयो । पुनर्गठित मन्त्रिपरिषदमा चार मन्त्रीबाहेक सवै बिदा भए । नयाँ मन्त्रिपरिषदमा एमाले महासचिव तथा उपप्रधानमन्त्री ईश्वर पोखरेल, पार्टी प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसहित ओलीका हस्तीहरु पर्नुभएन । यस बिषयलाई लिएर धेरैले प्रधानमन्त्री ओलीले आफू निकटलाई बिदा दिएको भन्दै अनुमान लगाए । तर यथार्थ बिल्कुलै त्यस्तो छैन ।

    प्रधानमन्त्री ओलीका असली सारथी भएकै पार्टी सञ्चालनको जिम्मा लिन महासचिव पोखरेल र प्रवक्ता ज्ञवालीसहितका सवै मन्त्रीले आफू सरकारमा नरहने निर्णय सुनाउनु भएको हो । जसपालाई सरकारमा सहभागी गराउने निर्णयसँगै प्रधानमन्त्री ओलीले उपप्रधानमन्त्री तथा महासचिव पोखरेलसँग सुझाव माग्नुभयो । नयाँ मन्त्रिपरिषदको बिषयमा सुझाउने क्रममा पोखरेलले चुनाव घोषणा भइसकेको कारण अध्यक्ष र महासचिव दुवै सरकारमा रहनु उचित नहुने आफू पार्टी काममा फर्कने भन्दै सरकारमा नयाँ अनुहारलाई स्थान दिनु उचित हुने बताउनु भयो ।

    बालुवाटार स्रोतका अनुसार महासचिव पोखरेलले आफू, अर्थमन्त्री बिष्णु पौडेल, लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीमध्ये दुई जना पार्टी काममा नै केन्द्रित हुनुपर्ने भन्दै आफू सरकारबाट बिदा हुन चाहेको जानकारी प्रधानमन्त्रीलाई दिनुभएको थियो । पोखरेलको सो सुझावपछि अर्थमन्त्री पौडेल र मुख्यमन्त्री शंकर पोखरेल तत्काल सरकारबाट पार्टी काममा फर्कन नमिल्ने निचोडसहित पोखरेल र ज्ञवालीले बिदा लिनुभएको हो ।

    एमाले महासचिव पोखरेलले आफू पार्टी काममा रहने जानकारी गराएको जनताटाइम्सलाई बताउनु भयो । पहिलो चरणमा मन्त्रिपरिषदमा सहभागी सवैलाई बिदा दिन उपयुक्त हुने भनेर नै सरकारबाट पार्टी काममा फिर्ता हुने निर्णय लिएको हो, प्रधानमन्त्रीले सवैको सुझावअनुसार मन्त्रिपरिषद पुनर्गठन गर्नुभएको हो,’ महासचिव पोखरेलले जनताटाइम्ससँग भन्नुभयो । प्रधानमन्त्री ओलीले बिहीवार साँझ बसेको मन्त्रिपरिषद बैठकमा सवै मन्त्रीलाइ धन्यवाद दिएर मन्त्रिपरिषद पुनर्गठन गर्ने जानकारी गराउनु भएपछि हाल बाहिरिनु भएका सवै मन्त्रीले आफूहरु मार्गप्रशस्त गर्न तयार रहेको भन्दै बिना हिच्कचाहट मन्त्रिपरिषदमा नयाँलाइ स्थान दिन सुझाउनु भएको थियो ।

    सरकारका प्रवक्तासमेत रहनुभएका सञ्चार एवं सूचना प्रविधिमन्त्री पार्वत गुरुङ, पर्यटनमन्त्री भानुभक्त ढकाल, कृषिमन्त्री पदमा अर्यालसहित सवैले प्रधानमन्त्रीलाई यस्तो सुझाव दिनुभएको थियो । सञ्चारमन्त्री गुरुङले सार्वजनिक रुपमै प्रधानमन्त्रीलाई सहज बनाउन र पार्टी एकताका लागि आफू मन्त्री पद त्याग्न तयार रहेको जानकारी दिनुभएको थियो ।

  • २२ जेष्ठ २०७८, शनिबार १९:५५ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images