अयोग्यलाई मन्त्री बनाउने प्रचलनका कारण मन्त्रालयहरु लथालिंग : अध्यक्ष बिजुक्छेँ
  • CIA Khabar

  • भक्तपुर । नेपाल मजदुर किसान पर्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले चुरे संरक्षणका लागि सबै उत्तिकै सक्रिय हुनुपपर्ने बताएका छन् । भक्तपुर नगरपालिकाद्वारा प्रकाशित ‘ङाँतापोल्हँ जीर्णोद्धार २०७७’ पुस्तकको आज भर्चुअलरुपमा सार्वजनिक गर्दै उनले भने, “चुरे पहाड नेपालको महत्वपूर्ण प्राकृतिक स्रोत हो यसको संरक्षण गर्नु आवश्यक छ तर चुरे दोहनमा वर्तमान सरकार मात्रै नभई अघिल्ला सरकारहरु पनि जिम्मेवार रहेको छन्, यसमा विदेशी स्वार्थ रहेको प्रष्ट रहेको छ ।”

    यस्तै अर्को प्रसंगमा अध्यक्ष बिजुक्छेँले योग्यता र अनुभवविना मन्त्री बनाउने प्रचलनका कारण मन्त्रालयहरु लथालिंग रहेको बताउँदै सरकारमा गएका राजनीतिक पार्टीले सही काम गर्न नसक्दा देश आर्थिक र राजनीतिक रुपमा झन् पछाडि धकेलिएको आरोप लगाए ।

    कुनै पनि नयाँ भौतिक निर्माण गर्दा त्यहाँ रहेका प्राकृतिक स्रोतबारे अध्ययन अनुसन्धान गर्नुपर्ने आवश्यकता रहेको बताउँदै अध्यक्ष बिजुक्छेँले भक्तपुर नपाले यहाँका मुख्य–मुख्य स्मारकबारे अध्ययनलाई चालु राख्नुपर्ने र पाठ्यक्रममा पुरातत्व विषयलाई समेट्न आवश्यक पहल गर्नुपर्र्ने बताए ।

  • २२ जेष्ठ २०७८, शनिबार २१:३८ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images