दिशाले भैसीको बच्चालाई चुम्बन गरेपछि…
  • CIA Khabar

  • मुम्बई(न्यूज१८हिन्दी) । अभिनेत्री दिशा पाटनी सामाजिक सञ्जालमा निकै सक्रिय छिन् । बलिउडको उनी प्रख्यात र ग्ल्यामर अभिनेत्रीमध्ये एक हुन् ।

    सामाजिक सञ्जालमा हालै उनले एक तस्वीर शेयर गरिन् । जुन तस्वीरमा उनी भैसीको बच्चालाई चुम्बन गरिरहेको देख्न सकिन्छ । तस्वीरमा उनले कुनै क्याप्सन लेखेकी छैनन् ।

    दिशाको यो तस्वीरलाई फ्यानहरुले निकै मनपराइरहेका छन् । तस्वीरमा कोही प्रयोगकर्ताले जनावर प्रेमी भनेर प्रतिक्रिया दिएका छन् भने केहीले भैसीको बच्चालाई ‘भाग्यमानी’ भनेका छन् ।

    दिशा आफ्नो ग्ल्यामर तस्वीरमात्र सामाजिक सञ्जालमा राख्दिनन् । उनी आफूलाई मनपर्ने जनावरको तस्वीर पनि उत्तिकै प्राथमिकताका साथ राख्छिन् । दिशा प्रायः आफूले पालेको बिरालो र कुकुरसँगको फोटो बढी पोष्ट गर्छिन् ।

  • २२ जेष्ठ २०७८, शनिबार २१:५१ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images