नेपालमा एकल राज्य नभई बहुल राज्य हुन आवश्यक छ : राजेन्द्र महतो
  • CIA Khabar

  • काठमाडौँ । नवनियुक्त उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री राजेन्द्र महतोले नेपालमा एकल राज्य नभई बहुल राज्य हुन आवश्यक रहेको बताएका छन् ।

    जनता समाजवादी पार्टी (जसपा) को नेता समेत रहेका महतोले पार्टी कार्यालयमा नवनियुक्त मन्त्रीहरूलाई गरिएको स्वागत कार्यक्रममा बोल्दै नेपाल बहुलताले भरिएको देश भन्दै एकल राज्य नभई बहुल राज्य हुन आवश्यक रहेको दोहोर्‍याएका हुन् ।

    एकल राज्यका कारण विभिन्न समुदाय पछि परेको भन्दै बहुल समुदाय रहेकोले बहुलतामा आधारित राज्य सञ्चालन गर्नुपर्ने उनको भनाइ छ ।

    उनले नवनियुक्त मन्त्रीहरुलाई सबैभन्दा पहिले पार्टीको नीतिलाई मुख्य ध्यानमा राख्दै काम गर्न निर्देशन समेत दिएका छन् ।

    मन्त्री महतोले थरूहट आन्दोलनमा लागेका पार्टीका नेता रेशम चौधरीको रिहाइका लागि प्रक्रिया अगाडि बढाउने पनि बताएका छन् ।

  • २२ जेष्ठ २०७८, शनिबार २१:५६ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images