उपप्रधानमन्त्री महतोको अभिव्यक्ति राष्ट्रघाती छ : संयोजक महर
  • CIA Khabar

  • काठमाडौँ । सत्तारुढ दल नेकपा एमालेको प्रभावशाली विद्यार्थी संगठन अनेरास्ववियुका संयोजक ऐन महरले उपप्रधानमन्त्री राजेन्द्र महतोले दिनुभएको अभिव्यक्ति राष्ट्रघाती भएको उल्लेख गर्दै तत्काल उक्त अभिव्यक्ति फिर्ता लिन आग्रह गर्नुभएको छ ।

    मन्त्री महतोले शुक्रबार मन्त्रीको पदभार ग्रहण गर्दै ‘बहुल राष्ट्रिय राज्यको स्थापना लागि राष्ट्रिय मुक्ति आन्दोलनको तयारी गरिने’ पार्टीको एजेन्डा भएको बताउनुभएको थियो ।

    उक्त अभिव्यक्तिको कडा रुपमा आपत्ती जनाउँदै संयोजक महरले महतोको उक्त अभिव्यक्ति नेपालको भौगोलिक अखण्डता र राष्ट्रिय हित प्रतिकुल रहेको उल्लेख गर्दै जिम्मेवार पदमा बसेर उक्त प्रकारका अराजक र संविधान विरोधी अभिव्यक्ति आउनु दुर्भाग्य भएको बताउनुभयो ।

    उहाँले आफ्नो सामाजिक सञ्जालमा भन्नुभयो, ‘उपप्रधानमन्त्री राजेन्द्र महतोले ‘बहुल राष्ट्रिय राज्यको स्थापनाको लागि राष्ट्रिय मुक्ति आन्दोलनको तयारी गर्नेू भनी दिएको अभिव्यक्ति भौगोलिक अखण्डता र राष्ट्रिय हित प्रतिकुल छ । जिम्मेवार पदमा रहेका व्यक्तिबाट यसप्रकारको अराजक र संविधान विरोधी अभिव्यक्ति आउनु दुर्भाग्यपूर्ण छ । उक्त राष्ट्रघाती अभिव्यक्ति किमार्थ मान्य हुँदैन अविलम्ब फिर्ता लिन आग्रह गर्दछु ।’

  • २२ जेष्ठ २०७८, शनिबार २२:०२ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images