नेता भट्टराई र विष्टद्वारा उपप्रधानमन्त्री महतोको अभिव्यक्तिप्रति कडा आपत्ती
  • CIA Khabar

  • काठमाडौँ । एमाले नेतायोगेश भट्टराई र गोकर्ण विष्टले उपप्रधान तथा सहरी विकास मन्त्री राजेन्द्र महतोले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउनुभएको छ ।

    महतोले शुक्रबार मन्त्रीको पदभार ग्रहण गर्दै ‘बहुल राष्ट्रिय राज्यको स्थापना लागि राष्ट्रिय मुक्ति आन्दोलनको तयारी गरिने’ पार्टीको एजेन्डा भएको बताउनुभएको थियो । उहा दिएको अभिव्यक्तिको भिडिओ सार्वजनिक भएपछि विष्टर भट्टराईले आपत्ति जनाउनुभएको हो ।
    भट्टराईले पहिलो र दोस्रो संविधानसभामै असान्दर्भिक भइसकेको बहुल राज्यको बहसको संकेत राम्रो नरहेको धारणा राख्नुभयो । यसले देशलाई फेरि द्वन्द्वतिर फर्काउने भट्टराई बताउनुभयो ।

    उहाँले आफ्नो सामाजिक सञ्जालमा भन्नुभएको छ, ‘बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषता भौगोलिक विविधतामा रहेका समान आकांक्षा र नेपालको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हित तथा समृद्धिप्रति आस्थावान रही एकताको सूत्रमा आबद्ध सबै नेपाली जनता समष्टिमा राष्ट्र हो,’ संविधानको धारा ३ को परिभाषा उल्लेख गर्दै भट्टराईद्ये भनेका छन्, ‘ अर्थात् विविधतामा आधारित नेपाली राष्ट्रियता नै हाम्रो साझा राष्ट्रियता हो ।’

    त्यस्तै सामाजिक सञ्जाल फेसबुकमा लेख्दै विष्टले महतोको अभिव्यक्ति भौगोलिक अखण्डता र राष्ट्रिय हित प्रतिकूल रहेको बताउनुभयो ।
    उहाँले भन्नुभयो, ‘जिम्मेवार पदमा रहेका व्यक्तिबाट यसप्रकारको अराजक र संविधानविरोधी अभिव्यक्ति आउनु दुर्भाग्यपूर्ण छ ।’

  • २२ जेष्ठ २०७८, शनिबार २२:३२ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images