राजेन्द्र महतोलाई गोकुल बास्कोटाको जवाफ : नेपाल बहुराष्ट्रहरुको योगफल होइन
  • CIA Khabar

  • काठमाडौ । पूर्वमन्त्री तथा एमालेका नेता गोकुल बास्कोटाले नेपाल बहुभाषिक,बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिक राज्य भएको बताएका छन् । उनले नेपाल बहुराष्ट्रहरुको योगफल नभएको र जन्मजात एक सार्वभौम राज्य भएको समेत सामाजिक सञ्जालमार्फत बताएका छन् ।

    उपप्रधानमन्त्री राजेन्द्र महतोले नेपाललाई बहुराष्ट्रिय राज्य बनाउने अभिव्यक्ति दिएपछि त्यसको जवाफमा बास्कोटाले कसैको बुझाइमा भ्रम छ भने त्यो उसको राज्यको उत्पति र विकास सम्बन्धी ज्ञान र दृष्टिकोणको समस्या भएको बताएका छन् ।

    उनले ट्वीटरमा भनेका छन्, ‘नेपाल बहुभाषिक,बहुजातीय,बहुधार्मिक, बहुसांस्कृतिक राज्य हो । बहुराष्ट्रहरुको योगफल होइन । जन्मजात एक सार्वभौम राज्य हो । कसैको बुझाइमा भ्रम छ भने त्यो उसको राज्यको उत्पति र विकाससम्बन्धी ज्ञान र दृष्टिकोणको समस्या हो, नेपाल राज्यको र जनताको बुझाईको समस्या होइन।’

  • २२ जेष्ठ २०७८, शनिबार २२:४९ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images