बहुराष्ट्रिय राज्य माओवादीको नीति हो, एमाले कहिल्यै सहमत छैन : मुख्यमन्त्री पोखरेल
  • CIA Khabar

  • काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा नेकपा एमालेका नेता शंकर पोखरेलले बहुराष्ट्रिय राज्यको नीति माओवादीले अघि सारेको बताउनुभयो । उहाले त्यसलाई एमालेले पहिले नै खारेज गरिसकेको दावी समेत गर्नुभयो ।

    उपप्रधानमन्त्री राजेन्द्र महतोको विवादस्पद अभिव्यक्तिका कारण राष्ट्रिय वहस भइरहेका बेला पोखरेलले आज जुन कुराको विरोध भइरहकेो छ, त्यो हिजो माओवादी केन्द्रको नीति रहेको बताउनुभयो । पोखरेलले सामाजिक संजालमार्फत भन्नुभएको छ – ‘जसपाका कतिपय नीतिसँग हाम्रा विमती हिजो पनि थिए र आज पनि छन नै । आज जुन कुराको तीव्र विरोध भइरहेको छ, हिजो त्यो माओवादी केन्द्रको नीति हो । आज माओवादी केन्द्रको उक्त नीति वदलिएको हो भने जसपाको पनि अवश्य वदलिनेछ । तर, राष्ट्र र राज्यका वारेमा हामी हिजो पनि स्पष्ट थियौ र आज पनि स्पष्ट नै छौ ।

    माओवादीले विभिन्न जातीहरुको राष्ट्रियता अलग रहेको भन्दै नेपाल बहुराष्ट्रिय राज्य हुनुपर्ने बताउने गरेको थियो । डा. बाबुराम भट्टराई त्यसका व्याख्याता हुन् । पोखरेलले आज माओवादी केन्द्रको नीति बदलिएको हो भने भोलि जसपाको पनि बदलिने दावी गर्नुभयो। उहाँले एमालेको नीति यसमा प्रष्ट रहेको समेत बताउनुभयो ।

     

  • २३ जेष्ठ २०७८, आईतवार ११:११ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images