काठमाडौ । अधिवक्ता सुनिल पोखरेलले यही इजलासलाई निरन्तरता दिनुपर्ने बताएका छन् । प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा बहस गर्दै उनले यस्तो बताएका हुन् । ‘यो इजलासलाई निरन्तरता दिऔँ । फैसलामा श्रीमान्हरूले हाम्रो स्वार्थ किन बाझिँदैन भनेर लेखेर अगाडि बढ्नुपर्छ’, उनले भने ।
यसअघि रिट निवेदकको तर्फबाट अधिवक्ता टीकाराम भट्टराई, बद्रीबहादुर कार्की, रमण श्रेष्ठ लगायतले बहस गर्दै न्यायालयको फैसलामा विश्वास छैन भनेर राजनीतिक दबाब दिन नमिल्ने बताएका छन् । प्रधानन्यायाधीशले गठन गरेको संवैधानिक इजलासको सरकारी पक्षका वकिलहरूले विरोध गरेपछि उनीहरुले यस्तो बताएका हुन् ।