काठमाडौ । निबर्तमान बन तथा बाताबरण मन्त्री प्रेम कुमार आले बन मन्त्रीबाट हटिसकेपछि शुक्रवार नै आफुले प्रयोग गर्दै आएको सवारी साधन फिर्ता गर्नु भएको थियो । आज सचिवालय सदस्य हरुले प्रयोग गरेका सम्पुर्ण सवारि साधन र सेवा सुबिधा फिर्ता गरि सचिवालय बिदा भएको छ ।
मन्त्रालयको सचिवालयले प्रयोग गर्दै आइ रहेका स्कोरपियो जिप, मोटरसाइकल २ थान , ल्यापटप र क्यामरा मन्त्रालयका अधिकृत रबिन कुमार ग्यालन र स्टोरकिपर ना. सु . बिश्व नाथ काफ्ले लाई बरबुझार्थ गरि मन्त्रालयबाट बिदाइ भएको निबर्तमान बन मन्त्री प्रेम कुमार आलेका स्वकीय अधिकृत धिमलाल जोशिले जानकारी दिनुभयो ।
बन मन्त्रालयका सचिवालय सदस्य हरु स्वकीय अधिकृत धिमलाल जोशी, प्रसासन सहायक भक्त आले, प्रेस संयोजक बिमल बिस्ट , प्रमुख स्वकीय सचिब हेमन्त रेग्मीलगायत को सचीवालय टिम र मन्त्री प्रेम आलेको श्रहानिय कार्य अरु मन्त्रालयको टिमले पनि सिक्न जरुरी रहेको छ ।
सचिवालय बाट बिदा हुँदै सचिवालय सदस्यले मन्त्रालयका काम कार्बाहिमा सहयोग पुर्याउने सम्पुर्णलाई धन्यवाद दिदै निवर्तमान वन मन्त्री प्रेम कुमार आलेलाइ आभार व्यक्त गर्नुभएको हो ।