गोङ्गबुमा नेविसंघको विरोध प्रदर्शन
  • CIA Khabar

  • काठमाडौँ । चुरे क्षेत्रको ढुङ्गा, गिट्टी, बालुवा निकासी गर्ने सरकारको नीतिको विरोध गर्दै नेपाल विद्यार्थी संघ (नेविसंघ) ले काठमाडौँमा प्रदर्शन गरेको छ ।

    आइतबार काठमाडौँको गोङ्गबु चोकमा नेविसंघका विद्यार्थीले सरकारले बजेट वक्तव्यमार्फत घोषणा गरेको चुरे क्षेत्रको ढुङ्गा, गिट्टी, बालुवा निकासी गर्ने नीतिको विरोध गर्दै प्रदर्शन गरे ।

    प्रदर्शनका क्रममा उनीहरूले सरकार बिरोधी नारा लगाउँदै चुरे क्षेत्रको ढुङ्गा, गिट्टी, बालुवा निकासी गर्ने नीति फिर्ता लिन माग गरेका छन् । नेविसंघले उपप्रधान एवं शहरी विकास मन्त्री राजेन्द्र महतोले राष्ट्रहित विपरीत अभिव्यक्ति दिएको भन्दै नाराबाजी गरेका थिए ।

    केहीबेर प्रर्दशन गरेपछि प्रहरीले नेविसंघ महामन्त्री दीपक भट्टराईसहित केही विद्यार्थीलाई नियन्त्रणमा लिएको थियो ।

  • २३ जेष्ठ २०७८, आईतवार २०:१६ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images