अध्यक्ष ओलिद्वारा एमाले एकताको लागि आह्वान
  • CIA Khabar

  • काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू पार्टीलाई २०७५ जेठ २ अघिको पूर्व अवस्थाबाट अगाडि बढाउन तयार रहेको भन्दै सबैलाई पार्टी एकतामा आउन आह्वान गर्नुभएको छ । ओलीले त्यसो गर्दा तत्कालीन नेकपाको केन्द्रीय कमिटीका सदस्यहरुमध्ये एकताको पक्षमा उभिएका नेताहरुसहित केन्द्रीय कमिटी र स्थायी कमिटीका संरचनाहरु क्रियाशील हुने बताउनु भएको हो ।

    ओलीले पार्टी कमिटी र जनसंगठनहरु पनि मूलभूत रुपमाा २०७५ जेठ २ पूर्वको अवस्थामा फर्के क्रियाशील हुने बताउनुभएको छ । ओलीले यसबीचमा भएका कारवाही फिर्ता गरिने र कुनै पुर्वाग्रह र भेदभाव नराखिने समेत बताउनुभएको छ ।

    आइतबार पार्टी एकतालाई रक्षा एवम् सुदृढ गर्न ६ बुँदे प्रस्ताव सहितको आह्वान गर्दै उहाँले असन्तुष्ट माधव कुमार नेपाल पक्षलाई फकाउने प्रयास गर्नुभएको हो ।

    May be an image of text

    No photo description available.

  • २३ जेष्ठ २०७८, आईतवार २१:२७ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images