प्रतिनिधिसभा विघटन मुद्दा : संवैधानिक इजलासमा आज पनि सुनुवाइ
  • CIA Khabar

  • काठमाडौं।  सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दामा आज पनि सुनुवाइ हुँदै छ ।

    प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले आइतबार आफूसहित सर्वोच्च अदालतका न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराई सम्मिलित संवैधानिक इजलास गठन गरेका थिए ।

    यो मुद्दाको सुनुवाइका लागि गठित संवैधानिक इजलासमा रहेका न्यायाधीशमाथि नै प्रश्न उठेपछि मुद्दाको मूल विषय अघि बढ्न सकेको छैन । आइतबार पनि सरकारी पक्षका अधिवक्ताहरूले न्यायाधीशको निष्पक्षतामाथि प्रश्न उठाएका थिए ।

    सरकार पक्षका कानुन व्यवसायीले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा सर्वोच्च अदालतका ११ जना न्यायाधीशले नै हेर्न नमिल्ने तर्क गर्दै निवेदन पेस गरेका थिए । त्यसपछि प्रधान्यायाधीश राणाले सरकार पक्षका कानुन व्यवसायीविरुद्ध अदालतको अवहेलनासम्बन्धी मुद्दा चलाउने चेतावनी दिएका थिए ।

    सरकारी पक्षको निवेदन पढेपछि प्रधानन्यायाधीश राणाले निवेदन फिर्ता नलिए अदालतको अवहेलनासम्बन्धी मुद्दा अघि बढाउने चेतावनी दिएका हुन् ।

  • २४ जेष्ठ २०७८, सोमबार ०८:२४ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images