काठमाडौँ। नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि अन्तिम प्रयास गरेको बताएका छन् ।
एकताका लागि गरिएको अन्तिम प्रयासलाई पनि वेवास्ता गरे माधव नेपाल समूहले बाक्लो दाल खाए हुँने उनको सुझाव छ ।
सामाजिक सञ्जाल ट्वीटरमा बाँस्कोटाले भनेका छन्, ‘अब के भने नि बस्नेलाई श्री सम्पत्ति जिम्मा जानेलाई दुई-तीन मुठ्ठी सातुको बाटो खर्च साथ विदा । के गर्नु? आफ्नै हुन माया लाग्छ । राष्ट्रकवि माधव घिमिरेको गौरी शोक काब्यमा जस्तै बनाए। यी हाँसे पनि रोए पनि बुढालाई पीरै पीरमा राख्ने भए । लास्ट प्रयास! पारिवारिक मिलनको नत्र बाक्लो दाल खाउ ।’
नेपाल समूहले पार्टी एकता असम्भव रहेको बक्तव्य जारी गरेकै दिन अध्यक्ष ओलीले आइतबार राति विज्ञप्ती जारी गर्दै आफू एकताकै पक्षमा रहेको र २०७५ जेठ ३ अघि फर्कन तयार रहेको जनाएका थिए ।