काठमाडौं । प्रदेश २ को भौतिक पूर्वाधार विकासमन्त्रीबाट हटाइएका जितेन्द्र सोनलले मधेस तथा प्रदेशका जनताको हितमा काम गरिरहने प्रतिबद्धता जनाएका छन् ।
मन्त्रिबाट हटाइएपछि प्रतिक्रिया दिँदै सोनलले अगामी दिनमा पनि हरेक मोडमा आमा मानिसको स्नेह र आशिर्वाद पायरहने आशा राखेका छन् ।
उनले मन्त्री पदमा रहँदा मधेशको भावनाअनुरूप मन, वचन र कर्मले काम गर्ने प्रयास गरेको उल्लेख गरेका छन् ।